Like us!
Follow us!
Connect us!
Watch us!

सिआइबीको चेतावनी : लुटिएका सामान फिर्ता नगरे कारबाही

अर्थ संसार

शुक्रबार, २७ भदौ २०८२, १९ : ३४ मा प्रकाशित

सिआइबीको चेतावनी : लुटिएका सामान फिर्ता नगरे कारबाही

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले हालैका घटनामा लुटिएका सामग्री तुरुन्त फिर्ता गर्न सार्वजनिक आग्रह गरेको छ। शुक्रबार जारी विज्ञप्तिमा सिआइबीले त्यस्ता सामान नजिकैको प्रहरी वा सुरक्षा निकायमा बुझाउन आग्रह गर्दै, अटेर गर्नेहरूमाथि कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।

भदौ २३ र २४ गते भएका घटनालाई आधार बनाएर अनुसन्धान अघि बढाइएको ब्युरोले जानकारी दिएको छ। साथै, लुटपाटमा संलग्न व्यक्तिबारे जानकारी भए तत्काल प्रहरीलाई खबर गर्न पनि आग्रह गरिएको छ।

सिआइबीले लुटिएका सामानको किनबेचमा संलग्न नभइदिन सर्वसाधारणलाई विशेष अपील गरेको छ। विज्ञप्तिमा भनिएको छ, “लुटपाटबाट प्राप्त सामग्री कुनै पनि व्यक्तिले खरिद–बिक्री नगरी तत्काल प्रहरीलाई बुझाउनुपर्नेछ, अन्यथा अनुसन्धानमार्फत कानुनी कारबाही हुनेछ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको