Like us!
Follow us!
Connect us!
Watch us!

सेन्चुरी बैंकका तत्कालीन अध्यक्षसहित ८ जना पक्राउ

अर्थ संसार

सोमबार, २८ जेठ २०८१, १७ : ५२ मा प्रकाशित

सेन्चुरी बैंकका तत्कालीन अध्यक्षसहित ८ जना पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन सेञ्चुरी कमर्शियल बैंकका अध्यक्षसहित ८ जनालाई पक्राउ गरेको छ ।

सोमबार सीआईबीले तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई पक्राउ गरेको हो ।

सीआईबीले श्रेष्ठसँगै सुनिलकुमार न्यौपाने, प्रा.डा गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाललाई पक्राउ गरेको हो । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले) कम मूल्यको धितो राखेर बढी कर्जा प्रवाह गरेको भन्दै त्यसमा संलग्न भएको आरोपमा ८ जनालाई पक्राउ गरेको हो । यसअघि साेही प्रकरणमा मनाेज न्याैपाने र तुलसी गाैतमसहित १० जना बैंकर पक्राउ भएका थिए ।

यसअघि गौतम र न्यौपानेसहित तत्कालीन सेञ्चुरी बैंकका कर्मचारीहरू राजेश भण्डारी, दिलिप बराल, सुबास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेत पक्राउ परेका थिए ।

बैंकले धितोको मूल्यांकनभन्दा ९७ करोड ४१ लाख रुपैयाँ बढी कर्जा प्रवाह गरेको भन्दै सीआईबीले तत्कालीन सेञ्चुरीका सीईओ तथा हाल प्रभु बैंकका वरिष्ठ डीसीईओ मनोज न्यौपान र तत्कालीन सेञ्चुरी बैंकका सीईओ तुलसीराम गाैतमसहित १० जना बैंकरलाई पक्राउ गरेको थियो ।

पछि उनीहरु हाजिरी जमानीमा छुटेका थिए। सो विषयमा अहिले पनि अनुसन्धान भइरहेको छ । अहिले सीआईबीले सञ्चालकलाई पक्राउ गरेको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको