Like us!
Follow us!
Connect us!
Watch us!

अर्थ मन्त्रालयको निर्णय : जरिवाना बिना कर तिर्ने समय एक महिना थप

अर्थ संसार

मंगलबार, ३१ भदौ २०८२, २१ : २९ मा प्रकाशित

अर्थ मन्त्रालयको निर्णय : जरिवाना बिना कर तिर्ने समय एक महिना थप

अर्थ मन्त्रालयले करदाताहरूलाई राहत दिने उद्देश्यले कर विवरण बुझाउने र राजस्व तिर्ने म्याद एक महिना थप गरेको छ। अब साउन महिनाको मूल्य अभिवृद्धि कर (VAT), अग्रिम करकट्टी, शिक्षा सेवा शुल्क र विलासिता शुल्कको विवरण तथा रकम आगामी असोज २५ गतेसम्म बुझाउन सकिनेछ।

अर्थमन्त्री रामेश्वर खनालले जारी गरेको निर्णयअनुसार २३ र २४ भदौमा देशव्यापी कर्फ्यू र निषेधाज्ञाका कारण कर प्रशासनका कार्यालय बन्द हुन पुगेकाले करदाताले समयमै विवरण बुझाउन नसकेको भन्दै म्याद थपिएको हो।

मन्त्रालयले तोकिएको नयाँ म्यादभित्र विवरण र रकम बुझाउने करदातालाई कुनै जरिवाना, थप शुल्क वा दस्तुर नलाग्ने स्पष्ट पारेको छ। यस कदमले करदाताहरूलाई सहजता दिने अपेक्षा गरिएको छ।

68c985e2508e2.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको