Like us!
Follow us!
Connect us!
Watch us!

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण ३ बजे

अर्थ संसार

सोमबार, ०६ असोज २०८२, १२ : ४१ मा प्रकाशित

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण ३ बजे

नवनियुक्त ५ जना मन्त्रीहरुको शपथ अपरान्ह ३ बजेका लागि तय भएको छ । राष्ट्रपतिका कार्यालयले सो कुराको जानकारी दिएको हो ।  

कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्रा र पत्रकार जगदीश खरेललाई मन्त्रीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन्।

स्वास्थ्यमन्त्रीका लागि सिफारिस गरिएको डा. संगीता मिश्राको विषयमा भने विवाद उठिरहेको छ। हालको अन्तरिम सरकारमा ३ जना मात्रै मन्त्रीहरू रहेका छन्। नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति समक्ष शपथ लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको