Like us!
Follow us!
Connect us!
Watch us!

तीनजना सचिवको सरुवा, को कहाँ पुगे ?

अर्थ संसार

मंगलबार, ०७ असोज २०८२, १४ : २६ मा प्रकाशित

तीनजना सचिवको सरुवा, को कहाँ पुगे ?

सरकारले तीनजना सचिवको सरुवा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गृहसचिव गोकर्णमणि दुवाडी, रक्षासचिव रामेश्वर दंगाल र राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्यालको सरुवा गरिएको हो।

मन्त्रिपरिषद्को निर्णयअनुसार गृहसचिव दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ। उनको स्थानमा रक्षासचिव रहेका रामेश्वर दंगालले जिम्मेवारी सम्हाल्नेछन्। त्यस्तै, योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षासचिवको भूमिकामा पठाइएको छ।

सरुवा निर्णय सोमबार सार्वजनिक बिदा परेकाले मंगलबार मुख्यसचिव एकनारायण अर्यालले प्रमाणित गरेका  हुन् । गृहसचिव दुवाडीमाथि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा बल प्रयोगका लागि निर्देशन दिएको आरोप लागेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको