Like us!
Follow us!
Connect us!
Watch us!

सेबोनमा तालाबन्दी : सचिवको आदेशपछि अध्यक्षको गाडीको चाबी खोस्दै कर्मचारी आन्दोलित

अर्थ संसार

मंगलबार, ०७ असोज २०८२, १८ : ३३ मा प्रकाशित

सेबोनमा तालाबन्दी : सचिवको आदेशपछि अध्यक्षको गाडीको चाबी खोस्दै कर्मचारी आन्दोलित

नेपाल धितोपत्र बोर्ड (सेबोन) का कर्मचारीहरुले आफ्नै कार्यालयमा तालाबन्दी गर्दै तीव्र आन्दोलन थालेका छन्। राजश्व सचिवस्तरीय निर्णयमार्फत वर्षौदेखि खाइपाई आएको सेवासुविधा र कर्जा सुविधा कटौती गरिएको भन्दै आक्रोशित बनेका कर्मचारीहरुले मंगलबार दिउँसोदेखि विरोध कार्यक्रम सुरु गरेका हुन्।

आन्दोलनरत कर्मचारीहरुले बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठसहित कार्यकारी निर्देशक तथा उपकार्यकारी निर्देशकहरूको गाडीको चाबी समेत खोसेर राखेका छन्। उनीहरुले नारा जुलुस गर्दै तत्काल निर्णय फिर्ता लिन वा बोर्डका शीर्ष पदाधिकारीहरूले राजीनामा दिनुपर्ने माग राखेका छन्।

अर्थ मन्त्रालय अन्तर्गतका राजश्व सचिव दिनेश कुमार घिमिरेले असोज २ गते सेबोनलाई पत्र पठाउँदै कर्मचारी कल्याण कोष र सुरक्षण कोष सम्बन्धी कार्यविधि खारेज गर्न निर्देशन दिएका थिए। सो कार्यविधिका आधारमा बोर्डका कर्मचारीहरूले २०५२/५३ सालदेखि विभिन्न भत्ता, सुविधा र ऋण सुविधा उपभोग गर्दै आएका थिए। तर, सचिवस्तरीय निर्णयले ती सुविधा गैरकानूनी भएको भन्दै तत्काल बन्द गर्न मात्र होइन, अघिल्लो अवधि देखिनै पाएको रकम सरकारी बाँकी सरह असुल गर्न समेत आदेश दिएको छ।

यस निर्देशनले सामान्य कर्मचारी समेतलाई करोडौँ रुपैयाँ एकमुष्ठ तिर्नुपर्ने अवस्था सिर्जना भएपछि असन्तुष्टि चुलिएको हो। 

तालाबन्दीका क्रममा कर्मचारीहरूले बोर्ड अध्यक्षदेखि कार्यकारी निर्देशकसम्मको राजीनामा माग गरेका छन्। माग पूरा नभएसम्म काममा फर्किने अवस्था नरहेको चेतावनी दिँदै उनीहरूले आन्दोलन अझ चर्काउने तयारी गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको