Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार शतक प्रहार गरेकाे नेप्से आज कस्तो रहला ?

अर्थ संसार

मंगलबार, ०७ असोज २०८२, ०७ : ०० मा प्रकाशित

आइतबार शतक प्रहार गरेकाे नेप्से आज कस्तो रहला ?

अब सेयर बजारमा दशैँ अघि कारोबार हुने दिन थोरै मात्रै छन् । जेनजी आन्दोलन पछि असोज २ गतेदेखि खुलेको बजारमा पहिलो दिन उच्च गिरावट आएको थियो भने दोस्रो कारोबार दिन उच्च अंकले बढेको थियो । 

आइतबार सेयर बजार १११.७० अंकले बढेर कारोबार भएको थियो । कारोबार रकममा पनि सुधार भएको दिन अधिकांश कम्पनीको सेयर मूल्य बढेको थियो । आइतबार बढेको बजारले आज निरन्तर्ता पाउँला वा यो फेरि ओरालो लाग्ला भन्नेमा अब बजार बढ्ने लगानीकर्ताहरुको भनाइ छ । 
आइतबार बढेको बजार मंगबार पनि बढेरै कारोबार हुने विश्वासमा लगानीकर्ताहरु छन् । आज सेयर बजार अघिल्लो कारोबार दिनको जस्तै उच्च अंकले नबढे पनि सकारात्मक रुपमा नै अघि बढ्न सक्ने देखिन्छ । जेनजी आन्दोलन पछि अहिले लगानीका क्षेत्रनै पुँजी बजार भएकाले बजार बढ्ने र हालसम्मकै उच्च विन्दुको नयाँ कीर्तिमान बन्ने अवस्था पनि देखिएको केही लगानीकर्ताको भनाइ छ । 

राजनीक परिवर्तन पछि कारोबार खुलेको पहिलो दिन ६ प्रतिशले घटेर बजारमा कारात्मक सर्किट लागेको थियो । त्यसलाई लगानीर्ताले सामान्य रुपमा लिएका छन् भने अब बजार बढ्ने क्रम सुरु भएको बताएका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको