शिक्षामन्त्री तथा CTEVT अध्यक्ष महावीर पुनले बिहीबार बसेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) को बैठकमा तत्काल कार्यान्वयन हुने चार महत्त्वपूर्ण निर्देशन जारी गरेका छन्।
पुनले पहिलो चरणमा मौजुदा पाठ्यक्रमलाई समयानुकूल परिमार्जन गरी नवप्रवर्तन समावेश गर्ने खाका तयार पारेर असोज मसान्तभित्र पेश गर्न आदेश दिएका छन्। त्यससँगै एकीकृत शैक्षिक क्यालेन्डर तयार गर्ने र परीक्षा परिणाम तीन महिनाभित्र अनिवार्य रूपमा प्रकाशन गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।
विद्यार्थी, अभिभावक र शिक्षकको गुनासो सुन्ने र अभिलेखिकरण गर्ने छुट्टै शाखा तत्काल स्थापना गरी सञ्चालनमा ल्याउन पनि उनले आदेश दिएका छन्। साथै, २०६९ सालदेखि हालसम्म सम्बन्धनका लागि दर्ता भएका सबै आवेदकमाथि छानबिन गरी असोज मसान्तभित्र प्रतिवेदन पेश गरी सम्बन्धन दिने वा नदिने निर्णय तुरुन्त गर्नुपर्ने बताएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस