Like us!
Follow us!
Connect us!
Watch us!

दुई महिनामा निर्जीवन बीमा कम्पनीको व्यवसाय ८ अर्ब माथि, कुन कम्पनीले कति बीमाशुल्क संकलन गरे ?

अर्थ संसार

शुक्रबार, १० असोज २०८२, ०७ : ३५ मा प्रकाशित

दुई महिनामा निर्जीवन बीमा कम्पनीको व्यवसाय ८ अर्ब माथि, कुन कम्पनीले कति बीमाशुल्क संकलन गरे ?

चालु आर्थिक वर्ष २०८२/८३ को भदौ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ८ अर्ब भन्दा माथि पुगेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले ८ अबए २९ करोड ३२ लाख रुपैयाँको बीमा व्यवसाय गरेका हुन् । 

यो अवधिका कम्पनीहरुले ४ लाख ९० हजार ३०७ वटा बीमा पोलिसी बिक्री गरेर उक्त मूल्य बराबरको बीमा शुल्क संकलन गरेका हुन् । यस अवधिमा सबैभन्दा धेरै बीमा शुल्क सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले संकलन गरेको छ । कम्पनीले ८९ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यस्तै शिखर इन्स्योरेन्स कम्पनीले ८४ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । 

कुल निर्जीवन बीमा बजारमा सगरमाथाले १०.७९ प्रतिशत हिस्सा ओगेट्दा शिखर इन्स्योरेन्सको बजार हिस्सा १०.२३ प्रतिशत रहेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ७७ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिद्धार्थको हिस्सा ९.३२ प्रतिशत छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ७१ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीले ६८ करोड ७५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइजीआई प्रुडेन्यिल इन्स्योरेन्स कम्पनीले ६२ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । 

यो अवधिमा ओरिएन्टल इन्स्योरेन्स कम्पनीले ५९ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले ५८ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ५७ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यता, सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले ४९ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्सले ३६ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। नेशनल इन्स्योरेन्सले ३५ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। प्रभु इन्स्योरेन्स कम्पनीले ३२ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। राष्ट्रिय बीमा कम्पनीले २९ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। निर्जीवन बीमा व्यवसायमा सबैभन्दा कम व्यापार हिस्सा राष्ट्रिय बीमा कम्पनीको रहेको छ।

बीमा लेख जारी गरेको संख्याको आधारमा भने युनाइटेड अजोड इन्स्योरेन्स अगाडि रहेको छ । कम्पनीले दुई महिनामा ६६ हजार ८ सय १४ वटा बीमालेख बिक्री गरेको छ भने सबैभन्दा कम राष्ट्रिय बीमा कम्पनीले ३ हजार ४ सय ७५ वटा बीमालेख बिक्री गरेको छ। जारी गरेको बीमालेख संख्याको आधारमा युनाइटेड अजोडले कुल जारी बीमा लेखको १३ दशमलब ६३ प्रतिशत हिस्सा ओगटेको छ भने दोस्रोमा शिखर इन्स्योरेन्सले ५० हजार ५५० वटा बीमा लेख जारी गरेको छ। सगरमाथा लुम्बिनी, सिद्धार्थ प्रिमियमर, नेको र हिमालयन एभरेष्टले दुई महिनामा ४० हजारभन्दा बढी बीमालेख बिक्री गरेका छन्। एनएलजी र आइजीआई प्रुडेन्सियलले ३० हजारभन्दा बढी बीमालेख जारी गरेको छ। नेपाल इन्स्योरेन्सले २६ हजार बीमालेख जारी गर्दा सानिमा जीआइसी, प्रभुले १० देखि २० हजारको बीचमा बीमालेख बेचेका छन्। दी ओरियन्टल, नेसनल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीले भने दुई महिनामा १० हजार भन्दा कम बीमालेख बेचेका छन्।

त्यस्तै लघु निर्जीवन बीमा कम्पनीका चार वटा कम्पनी मध्ये सबैभन्दा बढी प्रोटेक्टिभ माइक्रो इन्स्योरेनसले ४ करोड ३५ लाख रुपैयाँ बीमा प्रिमियम संकलन गरेको छ भने दोस्रोमा रहेको नेपाल माइक्रोले ४ करोड २४ लाख रुपैयाँ बीमा प्रिमियम संकलन गरेको छ। यता ट्रस्ट माइक्रोले ४ करोड २० लाख रुपैयाँ र स्टार माइक्रोले ३ करोड ७० लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन्। चार वटा लघु बीमा कम्पनीहरुको कुल बीमा शुल्क निर्जीवन बीमा बजारमा २ प्रतिशत भन्दा कम रहेको छ।

बीमा लेख संख्यामा पनि प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स नै अगाडि रहेको छ। कम्पनीले १६ हजार ३७ वटा, दोस्रोमा रहेको स्टार माइक्रोले १५ हजार ४ सय ३९ वटा, तेस्रोमा रहेको नेपाल माइक्रोले १४ हजार २ सय ९६ वटा र चौथोमा रहेको ट्रस्ट माइक्रोले १२ हजार ४ सय ६६ वटा बीमालेख बिक्री गरेका छन्।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको