Like us!
Follow us!
Connect us!
Watch us!

अवरुद्ध सडक खुलाउनु सरकारको उच्च प्राथमिकता रहेको छ - मन्त्री घिसिङ

अर्थ संसार

बुधबार, २२ असोज २०८२, ११ : ३२ मा प्रकाशित

अवरुद्ध सडक खुलाउनु सरकारको उच्च प्राथमिकता रहेको छ - मन्त्री घिसिङ

सरकारले हालैको बाढीपहिरोबाट क्षतिग्रस्त सडक संरचनाको पुनर्निर्माणका लागि १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ। यस्तै, अवरुद्ध सडकहरूलाई सञ्चालनमा ल्याउने कार्यलाई पहिलो प्राथमिकता दिइएको पनि बताइएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मनसुनजन्य विपद्ले क्षति पुर्‍याएका मुख्य राजमार्ग, वैकल्पिक मार्ग, बेलिब्रिज र स्थायी पुलहरूको पुनर्निर्माणमा करिब १० अर्ब ६८ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले बाढीपहिरोका कारण अवरुद्ध सडकहरू यथाशक्य चाँडो सञ्चालनमा ल्याउन उपकरणसहितको जनशक्ति परिचालन गरिएको जानकारी दिए। उनका अनुसार सम्बन्धित निकायहरू सडक सञ्चालनलाई शीर्ष प्राथमिकतामा राखेर काम गरिरहेका छन्।

सबैभन्दा बढी क्षति मेची राजमार्गमा भएको जनाइएको छ, जसको पुनर्निर्माणका लागि १ अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यस्तै, कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट–मुग्लिङ लगायतका राजमार्गहरूको पुनर्निर्माणमा ३ अर्ब ७७ करोड रुपैयाँ खर्च हुने सरकारको अनुमान छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको