अर्थ संसार, काठमाडौं– आज आइतबार अर्थात माघ २९ गेत । पत्रपत्रिकाम छापिएका अर्थ सम्बन्धि समाचारहरु
नेपालमा जलविद्युत् क्षमता ८२,९८० मेगावाट
कारोबार : नेपालमा जलविद्युत् उत्पादन क्षमता ८२ हजार ९ सय ८० मेगावाट रहेको सरकारी अध्ययनले देखाएको छ । जल तथा ऊर्जा आयोग सचिवालयले गरेको अध्ययनले नेपालको जलविद्युत् उत्पादन क्षमता यसअघि प्रचारित ८३ हजार मेगावाट बराबर नै रहेको देखाएको हो ।
नेपालमा जलविद्युत् उत्पादन क्षमता ८२ हजार ९ सय ८० मेगावाट रहेको सरकारी अध्ययनले देखाएको छ । जल तथा ऊर्जा आयोग सचिवालयले गरेको अध्ययनले नेपालको जलविद्युत् उत्पादन क्षमता यसअघि प्रचारित ८३ हजार मेगावाट बराबर नै रहेको देखाएको हो ।
५० वर्षअघि हरिमान श्रेष्ठले आफ्नो विद्यावारिधिको शोधपत्र लेख्ने क्रममा ८३ हजार मेगावाट उत्पादन क्षमता भएको उल्लेख गरेका थिए । आयोग सचिवालयले परामर्शदाता कम्पनी सिल्ड एण्ड सिम्याटलाई उत्पादन क्षमता अध्ययनको जिम्मा दिएको थियो ।
कम्पनीले ५ हजार मिटरभन्दा तल र चुरे क्षेत्रभन्दा माथिका १३ नदी बेसिनमा गरेको अध्ययनले ८२ हजार ९ सय ८० मेगावाट उत्पादन क्षमता देखाएको टोली प्रमुख केपी दुलालले जानकारी दिए ।
“क्यू ४० को आधारमा ‘क्याचमेन्ट’ एरियालाई आधार मान्दा यति क्षमता देखिएको छ,” उनले भने, “स्वाटलगायतका अन्य विधिहरू प्रयोग गर्दा यसमा फरक तथ्यांक आउन सक्छ ।”
उनका अनुसार परामर्शदाता कम्पनीले आयोगलाई प्रतिवेदन दिइसकेको छ भने प्रतिवेदनलाई आयोगले अन्तिम रूप दिएपछि यसलाई नेपालको कुल उत्पादन क्षमताको रूपमा स्वीकार गरिनेछ । आयोग सचिवालयका सहसचिव जीवछ मण्डलले परामर्शदाता कम्पनीले प्रतिवेदन पठाएको र यसलाई अन्तिम रूप दिन भने बाँकी रहेको जानकारी दिए ।
प्रतिवेदनमा सवैभन्दा बढी जलविद्युत् उत्पादन क्षमता कोशी बेसिनमा २८ हजार ८ सय १० मेगावाट र सबैभन्दा कम मेचीमा ३५ मेगावाट रहेको छ । प्रतिवेदनअनुसार कोशीमा पानीको जलाधार क्षेत्र ९क्याचमेन्ट० ५४ हजार १ सय वर्गकिलोमिटर छ भने मेचीको ३ सय ८६ वर्गकिलोमिटर मात्र छ ।
यस्तै, ४६ हजार १ सय ३५ वर्गकिलोमिटर जलाधार क्षेत्र रहेको कर्णालीमा २५ हजार ४ सय ६६, ३५ हजार ६ सय ५९ वर्गकिलोमिटर जलाधार क्षेत्र रहेको गण्डकीमा २४ हजार १ सय ३५ तथा १६ हजार १ सय ५८ वर्गकिलोमिटर जलाधार क्षेत्र रहेको महाकालीमा २ हजार २ सय २० मेगावाट विद्युत् उत्पादन हुने सक्ने प्रतिवेदनमा उल्लेख छ ।
६ हजार ३ सय १२ वर्गकिलोमिटर जलाधार क्षेत्र ओगटेको राप्तीमा ८ सय ७७ मेगावाट, ३ हजार ३ सय ६९ वर्गकिलोमिटर जलाधार क्षेत्र रहेको वागमतीमा ५ हजार ८८, ३ हजार २६ वर्गकिलोमिटर जलाधार क्षेत्र रहेको बबईमा १ सय ९५ र १२ सय ३४ वर्गकिलोमिटर जलाधार क्षेत्र रहेको कन्काईमा २ सय ६९ मेगावाट उत्पादन हुने अध्ययनले देखाएको छ ।
अध्ययनका अनुसार, २१ सय ९३ वर्गकिलोमिटर जलाधार क्षेत्र रहेको कमलामा २ सय ५५, ११ सय ७ वर्गकिलोमिटर जलाधार क्षेत्र रहेको तिनाउमा १ सय ३५ र १६ सय ४७ वर्गकिलोमिटर जलाधार क्षेत्रमा फैलिएको बर्कैयाको पानीबाट ९४ मेगावाट उत्पादन क्षमता हुने छ ।
पानीले ओगटेको जलाधारको आधारमा तयार पारेको जलविद्युत् क्षमता भने यसको उपयोगमा भर पर्ने अवस्था रहेको विज्ञहरू बताउँछन् । क्यू ४० लाई १५/२० मा ल्याएमा डेढ लाख मेगावाटभन्दा नाघ्ने तथा केही नदीहरूमा जलाशययुक्त आयोजनालाई निर्माण गर्न चाहेमा क्षमता बढ्ने अवस्था रहेको उनीहरूको तर्क छ ।
उत्पादन क्षमता नदी बेसिन क्षमता ( मेगावाट)
कोशी २८८१०
कर्णाली २५४६६
गण्डकी २४१३५
महाकाली २१२०
वागमती ५८८
राप्ती ८७७
बबई १९५
कन्काई २६९
कमला २५५
तिनाउ १३५
बर्कैया ९४
मेची ३५
स्रोतः जल तथा ऊर्जा आयोग
पूर्वमन्त्री पासवानको उपचार खर्च ७३ लाख
नयाँपत्रिका : पूर्वजनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले आफ्नो उपचारमा ७३ लाख खर्च भएको भन्दै सो रकम उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
२६ असार ०७३ को मन्त्रिपरिषद् बैठकको निर्णयलाई आधार मान्दै पासवानले शिक्षण अस्पताल महाराजगन्ज र भारतको मेदान्त अस्पतालमा गरी ७३ लाख खर्च भएको निवेदनसहित तत्काल उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयमा बिल पेस गरेका हुन् ।
सरकारले शिक्षण अस्पताल र भारतको मेदान्त अस्पतालमा औषधि उपचार गर्दा लागेको खर्च बिलका आधारमा पासवानलाई उपलब्ध गराउने निर्णयसहितको पत्र स्वास्थ्य मन्त्रालयमा पठाएको थियो ।
तर, पूर्वमन्त्री पासवानले उपचार गर्दा लागेको भन्दा दोब्बर बिल पेस गरेपछि मन्त्रालयका कर्मचारी रकम दिने या नदिने भन्नेमा अन्योलमा देखिएका छन् । उनलाई प्यांक्रियाजमा समस्या भएकाले उपचार सुरु गरिएको थियो ।
काठमाडौंको शिक्षण अस्पताल र भारतको मेदान्त अस्पतालमा औषधि उपचार गरेको मात्र होइन खाजा खाएको, यात्रा गरेको र अन्य खर्च पनि उनले मागेका छन् ।
कर्मचारीको कुरा सुनेर सोफामै ढले पासवान
आफूले निवेदनमा दाबी गरेअनुसार तत्काल रकम निकासा गर्न भन्दै स्वास्थ्य मन्त्रालय पुगेका पासवान कर्मचारीको कुरा सुनेर सोफामै ढलेका थिए ।
कर्मचारीले उपचार खर्चभन्दा बाहिरको बिल बढी आएको र रकम उपलब्ध गराउन कठिन भएको बताएपछि उनी रिंँगटा लागेको भन्दै मन्त्रालयको सोफामै ढलेका थिए । ‘उपचार खर्चको नाममा ७३ लाखको बिल पेस गरे पनि रकम नपाउनेजस्तो देखेपछि प्रेसर लो भएको भन्दै सोफामा ढल्नुभयो,’ मन्त्रालयका कर्मचारीले भने ।
पासवानले पेस गरेका बिलका शीर्षक
भारतीय नोट सटही स् १५ लाख दुई हजार ९९४ ९एक सय ६० नेपालीबराबर सय भारु हुन्छ ।
तर, बैंकमा पैसा नपाएकाले कालोबजारमा साट्दा थप चार रुपैयाँ कमिसन तिर्नुपरेकाले सो पैसा पनि सरकारले दिनुपर्ने उनको मागदाबी छ । कालोबजारमा साटेको पैसा केमा खर्च भयो भन्ने विवरण भने उल्लेख छैन । औषधि उपचारलगायत सम्पूर्ण खर्च अलग्गै छ ।०
० होटेल, चियाखाजा खर्च स् १८ लाख ७३ हजार ६ सय
० यातायात स् ८ लाख ९१ हजार ५७
० काठमाडौंको शिक्षण अस्पतालमा उपचार स् ७ लाख १६ हजार
० भारतको मेदान्त अस्पतालमा उपचार स् २३ लाख ४८ हजार ४२८
‘पूर्वमन्त्री पासवानले जम्मा ७३ लाख ३२ हजार मागदाबी गर्नुभएको छ । तर, सबै बिलका आधारमा दिन नमिल्ने भएपछि हामीले ४३ लाख सिफारिस गरेका छौँ,’ स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने ।
उनले औषधि उपचारमा लागेको रकमभन्दा बाँकी दिन नसक्ने बताए । ‘उहाँ सरकार ढल्न लाग्यो, मेरो रकम निकासा गर्नुस् भनेर दिनहुँ आउनुभएको छ । तर, हामीले ४३ लाख मात्रै दिन मिल्ने सिफारिस गरेका छौँ ।
त्यो पनि अर्थले सहमति दिन्छ–दिँदैन भन्न सक्ने अवस्था छैन,’ उनले भने । मन्त्रिपरिषद्ले गरेको निर्णय भएकाले औषधि उपचारमा लागेको बिलका आधारमा ४३ लाख सिफारिस गरेको लेखा शाखाका एक कर्मचारीको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस