Like us!
Follow us!
Connect us!
Watch us!

ब्रेकिङ न्यूज:लगानीकर्ताद्वारा धितोपत्र बोर्ड घेराउ, निर्णय नभएसम्म सदस्यहरूलाई बाहिर जान नदिने चेतावनी

अर्थ संसार

आइतबार, २६ असोज २०८२, १८ : १४ मा प्रकाशित

ब्रेकिङ न्यूज:लगानीकर्ताद्वारा धितोपत्र बोर्ड घेराउ, निर्णय नभएसम्म सदस्यहरूलाई बाहिर जान नदिने चेतावनी

सेयर बजारमा आइतबार आएको तीव्र गिरावटपछि लगानीकर्ताहरू अहिले नेपाल धितोपत्र बोर्ड (सेबोन) कार्यालयमा रहेका छन्। हाल सेबोनको बोर्ड बैठक जारी छ। लगानीकर्ताहरूले भनेका छन्, “हाम्रो ११ बुँदे माग पुरा नभएसम्म कुनै बोर्ड सदस्यलाई बाहिर निस्किन दिइने छैन।”

आइतबारको कारोबारमा सेयर बजार ७८.८३ अंकले घट्दै २५०३.३५ बिन्दुमा बन्द भएको छ, जसपछि बजारमा त्रास र असन्तोष फैलिएको छ।

लगानीकर्ताहरूले लगातार भइरहेको बजार पतनप्रति सेबोनले बेवास्ता गरेको आरोप लगाउँदै तत्काल नियमित सुधार र कदम चाल्नुपर्ने माग गरेका छन्।

सेबोन परिसरमा ठूलो संख्यामा लगानीकर्ता जम्मा भएका छन् 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको