नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई प्रहरीले आइतबार साँझ बोर्ड कार्यालयबाट निकालेको छ । लगानीकर्ताहरुले सुधारका ११ बुँदे माग अघि सार्दै बोर्ड कार्यालय घेराउ गरेपछि स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।
लगानीकर्ताहरुले सेबोन अध्यक्ष श्रेष्ठको राजीनामा माग्दै कार्यालय परिसरमै नाराबाजी गरेका थिए । केही समयसम्म वार्ताको प्रयास भए पनि निष्कर्षमा पुग्न नसकेपछि स्थिति चर्किएको थियो । त्यसपछि प्रहरीले बोर्ड अध्यक्ष श्रेष्ठलाई आफ्नै भ्यानमा राखी सुरक्षित स्थानतर्फ लगेको हो ।
यसअघि बोर्डले लगानीकर्ताले उठाएका मागका विषयमा प्रेस विज्ञप्ति जारी गर्दै तीन महिनाभित्र सुधारका कार्य पूरा गर्ने प्रतिबद्धता जनाएको थियो । तर, विज्ञप्तिमा कुनै हस्ताक्षर नहुँदा लगानीकर्ताले असन्तुष्टि जनाउँदै सो प्रेस विज्ञप्ति सेबोनकै अगाडि च्यातिदिएका थिए ।
लगानीकर्ताहरुले हस्ताक्षरबिहीन विज्ञप्तिलाई “जिम्मेवारीबाट भाग्ने औपचारिकता” भन्दै विरोध जनाएका थिए । उनीहरुले ठोस र लिखित निर्णय बिना आन्दोलन नरोकिने चेतावनीसमेत दिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस