Like us!
Follow us!
Connect us!
Watch us!

राजनीतिक अस्थिरताका कारण सेयर बजार अपेक्षित रूपमा बढ्न सकेन - उपाध्यक्ष डाँगी

अर्थ संसार

सोमबार, २७ असोज २०८२, १६ : १७ मा प्रकाशित

राजनीतिक अस्थिरताका कारण सेयर बजार अपेक्षित रूपमा बढ्न सकेन - उपाध्यक्ष डाँगी

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले पछिल्लो राजनीतिक अस्थिरताका कारण सेयर बजार अपेक्षित रूपमा बढ्न नसकेको बताएका छन्।

अर्थसंसारसँगको कुराकानीमा डाँगीले सेयर बजारमा अपेक्षित रूपमा बढ्न  नसक्नुको प्रमुख कारण जेनजी आन्दोल र  पछील्लो राजनीतिक अस्थिरता रहेको बताएका हुन् । उनका अनुसार लगानीकर्ताहरू बजारमा अनिश्चितता र असुरक्षा महसुस गरिरहेका छन् जसको प्रत्यक्ष असर सेयर कारोबारमा परेको छ।

'पछिल्लो राजनीतिक घटनाक्रम र सामाजिक सञ्जालमा फैलिने हल्लाले लगानीकर्तालाई अलिकति असुरक्षित महसुस गराइरहेको छ,त्यसको असर सेयर बजारमा देखिएको छ।'

डाँगीले जलविद्युत क्षेत्र पनि प्रभावित भएको उल्लेख गरे। उनले भने, 'समग्र बजार घट्दा जलविद्युत क्षेत्रमा पनि गिरावट आउनु स्वाभाविक हो, तर पछिल्लो १० प्रतिशत निःशुल्क सेयरको हल्लाले जलविद्युत क्षेत्रमा झन् बढी दबाब सिर्जना भयो।' 

उनले सरकार र नियामक निकायलाई राजनीतिक स्थायित्व कायम गर्ने, लगानीमैत्री वातावरण बनाउन आग्रह गरेका छन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको