Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा, एकैदिन ८ हजार १ सय रुपैयाँले बढ्यो

अर्थ संसार

मंगलबार, २८ असोज २०८२, ११ : १० मा प्रकाशित

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा, एकैदिन ८ हजार १ सय रुपैयाँले बढ्यो

एकैदिन सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ । सुन आज तोलामा एकैदिन ८ हजार १०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको हो । हिजो सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।यस्तै,आज मंगलबार चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले बढेर ३ हजार ३२५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ९५ रुपैयाँले बढेर चाँदी ३ हजार २२० रुपैयाँमा कारोबार भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको