Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल धितोपत्र बोर्ड अख्तियारभन्दा बलियो देखियो - इप्पान अध्यक्ष कार्की

अर्थ संसार

बुधबार, २९ असोज २०८२, १३ : ५३ मा प्रकाशित

नेपाल धितोपत्र बोर्ड अख्तियारभन्दा बलियो देखियो - इप्पान अध्यक्ष कार्की

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले नेपाल धितोपत्र बोर्ड अख्तियार भन्दा शक्तिशाली जस्तो देखिएको टिप्पणी गरेका छन्। आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले लामो समयदेखि पहल गर्दा पनि बोर्डले कुनै फाइल अगाडि नबढाएको गुनासो गरे।

'एक महिनासम्म लगातार प्रयास गर्दा पनि एकवटा फाइलसमेत अघि बढेको छैन,बोर्डले काम नगर्दा व्यवसायीहरू गम्भीर समस्यामा परेका छन् 'अध्यक्ष कार्कीले भने।

उनका अनुसार यो विषयमा अख्तियारलाई समेत जानकारी दिइएको छ। 'कुनै पनि काम निश्चित समयमा नभए अख्तियार दुरुपयोग मानिन्छ भन्ने व्यवस्था भए पनि बोर्डले जिम्मेवारीपूर्वक काम गरेको छैन' उनले भने।

कार्कीले निजी क्षेत्रका व्यवसायीहरू प्रशासनिक जटिलताका कारण मारमा परेको उल्लेख गर्दै आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने चेतावनी पनि दिएका छन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको