Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीलाई इप्पान अध्यक्षको प्रश्न – आईपीओ स्वीकृति लिन घुस खुवाउनैपर्ने हो ?

अर्थ संसार

बुधबार, २९ असोज २०८२, १४ : ३० मा प्रकाशित

अर्थमन्त्रीलाई इप्पान अध्यक्षको प्रश्न – आईपीओ स्वीकृति लिन घुस खुवाउनैपर्ने हो ?

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले १० महिनादेखि जलविद्युत् आयोजनाहरूको प्राथमिक सेयर निष्कासन (आइपीओ ) प्रक्रिया रोक्दै आएको आरोप लगाएका छन्।

बुधबार आयोजित 'सेयर निष्कासन तथा व्यवस्थापन' विषयक पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताए।

उनले भने, 'धितोपत्र बोर्डका अध्यक्षले १० महिनादेखि आईपीओ रोकेको छन्। बिचौलियाहरू ‘काम गराइदिन्छौं’ भन्दै आउँछन्। उनीहरूलाई पछ्याएनौं, त्यसैले काम नै रोकिएको छ।'

उनले नयाँ सरकार गठन भएको एक महिना बितिसक्दा पनि कुनै सुधार नभएको गुनासो गरे। 'गृहमन्त्री, अर्थमन्त्री, ऊर्जा मन्त्री र प्रधानमन्त्रीसम्म गुनासो राख्यौं,' उनले भने, 'तर फेरि पनि केही भएन।'कार्कीले धितोपत्र बोर्डको निर्णयले करिब ५० वटा जलविद्युत् आयोजना प्रभावित भएको र ती आयोजनामाथि करिब १० अर्ब रुपैयाँको ब्याज भार थपिएको दाबी गरे।

अध्यक्ष कार्कीले अर्थमन्त्री रामेश्वर खनालप्रति प्रश्न गर्दै भने, 'आईपीओ स्वीकृति लिन घुस खुवाउनैपर्ने हो ? जेन-जी आन्दोलन भएको एक महिना बितिसक्यो, तर हाइड्रोपावरको आईपीओ अझै स्वीकृत भएको छैन।'  उनले आफू निकट र स्वार्थ समूहका कम्पनीलाई मात्र आईपीओ र हकप्रद सेयर स्वीकृति दिने गरिएको आरोप पनि लगाए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको