Like us!
Follow us!
Connect us!
Watch us!

यति धेरै जनधनको क्षति हुँदा पनि ओलीमा कुनै पश्चाताप छैन - प्रचण्ड

अर्थ संसार

विहीबार, ३० असोज २०८२, १२ : ०४ मा प्रकाशित

यति धेरै जनधनको क्षति हुँदा पनि ओलीमा कुनै पश्चाताप छैन - प्रचण्ड

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भएको जनधनको क्षतिको  हुँदा पनि कुनै पश्चाताप नभएको बताएका छन् । चितवनमा पार्टीका नेता तथा कार्यकर्तालाई भेटघाटमा दाहालले जेनजी आन्दोलन, सरकारको लापरवाही, राजनीतिक दलहरूको भूमिका, आगामी निर्वाचन, वामपन्थी एकता लगायतका विषयमा स्पष्ट धारणा राख्दै यस्तो बताएका हुन् । 

ओलीको नेतृत्वलाई लक्षित गर्दै प्रचण्डले भनेका छन् ,‘उनको कारण यति धेरै जनधनको अत्यधिक क्षति भयो । तर, आज पनि कुनै पश्चाताप छैन ।’

पार्टी एकताको सन्दर्भमा संयोजक प्रचण्डले लामो समयदेखि छलफलमा रहेको वाम एकता अब निष्कर्षमा पुग्न लागेको जानकारी दिए । पार्टीको भविष्यप्रति विश्वस्त देखिएका संयोजक प्रचण्डले हालै देशभित्र र बाहिरका विश्लेषकहरूले माओवादी केन्द्रलाई आगामी निर्वाचनमा अग्रस्थानमा आउने सम्भावना रहेको बताएको उल्लेख गरे ।

उनले भने, ‘तीन प्रमुख पार्टीमध्ये माओवादी नम्बर एकमा आउन सक्छ भन्ने आँकलन व्यापक रूपमा भइरहेका छन् ।’

कार्यकर्ताहरूलाई अबको प्राथमिक कार्य निर्वाचन तयारी रहेको स्मरण गराउँदै संयोजक प्रचण्डले निर्वाचनमा सहभागी भई जनताको पक्षमा काम गर्ने अवसरका रूपमा लिन आग्रह गरे।

उनले भने, ‘माओवादी केन्द्र अब फेरि जनताको विश्वास प्राप्त गरेर मुलधारको पार्टी बन्ने निश्चित छ । हामी सबैले एक भएर निर्वाचनमा जानुपर्छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको