Like us!
Follow us!
Connect us!
Watch us!

प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो बटमलाइन : मिराज ढुंगाना

अर्थ संसार

शनिबार, ०१ कार्तिक २०८२, १८ : ५३ मा प्रकाशित

प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो बटमलाइन : मिराज ढुंगाना

जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्। शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले आगामी राजनीतिक यात्राका लागि नयाँ दलको तयारी सुरु भएको जानकारी दिए।

ढुंगानाले भने, “हामी चुनाव जित्ने उद्देश्यले होइन, देशमा आमूल परिवर्तन ल्याउने संकल्पका साथ अघि बढ्दैछौँ। भीड भएर होइन, संगठित भएर परिवर्तन सम्भव हुन्छ। त्यसैले अब राजनीतिक दलको औपचारिक ढाँचा आवश्यक भएको छ।”

उनका अनुसार, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली, विदेशमा रहेका नेपालीहरूलाई मतदान अधिकार, र भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी संयन्त्र स्थापना—यी उनका प्रमुख माग हुन्। उनले स्पष्ट गरे, “यी बटमलाइन मागहरू पूरा नभएसम्म हामी कुनै पनि निर्वाचनमा सहभागी हुने छैनौँ।”

ढुंगानाले जनाए अनुसार, दल गठनका लागि वार्ता समिति गठन गरिएको छ र सबै पक्षसँग छलफल गरेर दलको नाम अन्तिम निर्णय गरिनेछ। उनले जेन–जी अभियन्ताहरूलाई एकजुट भई सकारात्मक परिवर्तनका लागि संगठित रूपमा अघि बढ्न आह्वान गरे।

उनले थपे, “हामीले राजनीतिक दल खोल्नुको अर्थ सत्ताको लडाइँ होइन, वैकल्पिक सोचका साथ राष्ट्र निर्माणमा जिम्मेवार भूमिका खेल्ने प्रयास हो।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको