जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशभर आन्दोलन सुरु गर्ने घोषणा गरेको छ।आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ढुङ्गानाले देशव्यापी रूपमा शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी दिएका हुन्।
उनले भोलि ११ बजे काठमाडाैँस्थित माइतीघर मण्डलामा उपस्थित हुन समेत सबैलाई आह्वान गरेका छन् । सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरिएकाे ढुङ्गानाले बताए । पत्रकार सम्मेलनमा ढुङ्गानाले जेनजी आन्दोलनलाई धोका दिइएको भन्दै सर्वपक्षीय सरकार गठनको माग गरेका छन् । उनले सुशीला कार्की नेतृत्वको सरकार असफल भइसकेको दाबी समेत गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस