गत आर्थिक बर्ष २०७३/७४ मा पुनर्बिमाबापत करिब २ अर्ब रुपैयाँ बाहिरिएको छ । नियामक निकाय बिमा समितिको तथ्यांकअनुसार बिमा कम्पनीहरूले विभिन्न मुलुकको पुनर्बिमा कम्पनीमा गरेको पुनर्बिमाका लागि २ अर्ब १० करोड रुपैयाँ भुक्तानी गरेका छन् ।
अघिल्लो आवमा भने कम्पनीहरूले २ अर्ब ४१ करोड रुपैयाँ बराबको पुनर्बिमा गरेका थिए ।
बिमा कम्पनीले आफूले बहन गर्न सक्ने भन्दा बढी दायित्व भएमा अर्को कम्पनीलाई जोखिम हस्तान्तरण गर्छन् । जसलाई पुनर्बिमा भनिन्छ ।
वित्तीय संकटबाट सुरक्षित हुन बिमा कम्पनीहरूले पनि पुनर्बिमा गर्नुपर्ने अन्तराष्ट्रिय अभ्यास हो । नेपालका विमकहरूले भारत, सिंगापुर, मलेसिया, फ्रान्सलगायतका मुलुकका पुनर्बिमा कम्पनी वा ब्रोकरमार्फत पुनर्बिमा गर्दै आएका छन् ।
नेपालमा सञ्चालित निर्जीवन बिमा कम्पनी (ओरियन्टल र नेशनल इन्स्योरेन्सबाहेक) ले उक्त अवधिमा पुनर्बिमाका लागि १ अर्ब ७८ करोड रुपैयाँ खर्चिएका छन् ।
यस्तै, जीवन बिमा कम्पनी (राष्ट्रिय बिमा संस्थानबाहेक) ले ३१ करोड ९१ लाख रुपैयाँ खर्चिएका छन् ।पुनर्बिमा निर्देशिका, २०६५ अनुसार बिमकले आफनो बिमा जोखिमांनक नीति, नेट वर्थ तथा आफनो जोखिमअनुरूप उपयुक्त पुनर्बिमा नीति निर्माण गर्नुपर्नेछ ।
बिमकले जारी गरेको प्रत्येक बिमालेखले रक्षावरण गरेको बिमकले धारण नगरी शतप्रतिशत पुनर्बिमा गराउनु हुँदैन । बिमकले धारण गर्ने जोखिम धारण गरी बाँकी रहेको जोखिमको पुनर्बिमा गराउनु पर्छ ।
निर्देशिकाअनुसार विदेशमा दर्ता भएका कम्पनीसँग पुनर्बिमा गराउँदा त्यस्तो पुर्नबिमकको पुँजी, ख्याती, क्षमता र अनुभव समेतलाई मध्यनजर राखी छनोट गर्नुपर्छ ।
तर, अन्तराष्ट्रिय रूपमा बिमक/पुनर्बिमकको स्तर निर्धारण गर्ने मान्यता प्राप्त निकायको स्तर निर्धारणमा नेतृत्वहरूको हकमा कम्तिमा बीबीबी स्तरभन्दा कम स्तर भएको पुनर्बिमा कम्पनीसँग पुनर्बिमा गराउनु हुँदैन ।
निर्जीवन बिमासम्बन्धी पुनर्बिमा निर्देशिका २०६५ अनुसार निर्जीवन बिमा व्यवसाय गर्ने बिमकले जारी गरेको बिमालेखअन्तर्गत बिमालेख प्रतिजोखिममा बिमकको धारण नेपालभित्र रहेको आफनो नेटवर्थको अधिकतम धारण ५ प्रतिशतभन्दा बढी हुनु हुँदैन ।
महाविपत्ति पुनर्बिमा गर्दा त्यस्तो पुनर्बिमा व्यवस्थाअन्तर्गत बिमकको खुद धारण पुनर्बिमा सम्झौताको हकमा बिमकको नेटवर्थको १० प्रतिशतभन्दा बढी हुनु हुँदैन ।
जीवन बिमासम्बन्धी पुनर्बिमा निर्देशिका २०६५ अनुसार जीवन बिमा व्यवसाय गर्ने बिमकले जारी गरेको बिमालेखअन्तर्गत प्रतिजीवन बिमकको धारण नेपालभित्र रहेको आफनो नेटवर्थको अधिकतम धारण ०.३ प्रतिशतभन्दा बढी हुनु हुँदैन । विदेशमा मुख्य कार्यालय भएको बिमकको हकमा बढीमा १३ लाख रुपैयाँसम्म प्रति जीवन धारण राख्न सकिनेछ ।
बिमकले पुनर्बिमा गराउँदा पर्याप्त जोखिम विवि
करण हुनेगरी गर्नुपर्छ । पुनर्बिमा विविधीकरणका लागि मुख्य पुर्नबिमकलाई कुल पुनर्बिमाको बढीमा ४० प्रतिशतसम्म र अन्य सहभागी पुनर्बिमकको हकमा प्रत्येक पुनर्बिमकलाई बढीमा २० प्रतिशतसम्म पुनर्बिमा दिनु पर्नेछ ।
तर सहभागी पुनर्बिमकको बीबीबी भएमा मुख्य बिमकसरह नै व्यवस्था गर्न सकिने छ ।
कम्पनीहरूले आफनो दायित्वको जोखिमको अवस्था हेरेर पुनर्बिमा गर्दछन् । जोखिम अधिक भएको अवस्थामा सोही बमोजिमको पुनर्बिमा गर्नुपर्ने बिमाविज्ञ भोजराज शर्माले बताए ।
बिमा कम्पनीहरूले जारी गर्ने बिमालेखमध्ये निर्जीवन बिमा कम्पनीले जारी गर्ने बिमालेखमा बढी जोखिम हुने गर्छ । त्यसमा पनि हवाई बिमा सबैभन्दा बढी संवेदनशील हुन्छ ।
त्यसैले हवाई बिमामा कम्पनीहरूले ०.१ प्रतिशतमात्रै खुद धारण गरी बाँकी सबै पुनर्बिमा गर्छन् । कम्पनीहरूले ऐच्छिक पुनर्बिमा, पुनर्बिमा सम्झौता र सामूहिक बिमा कोष मार्फत पनि पुनर्बिमा गर्न सक्दछन् । कारोबार
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस