व्यवसायी दुर्गा प्रसाईले सरकारले आफूहरूलाई आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने त्यसको स्वागत गर्ने बताएका छन्।
आफ्नो सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले लेखेका छन् —
“सरकारले यदि हामीलाई आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने, हामी यसको स्वागत गर्दछौँ। जनताको आवाज सुन्ने यो कदमका लागि ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ भन्ने हाम्रो मूल्यांकन छ।”
प्रसाईले यससँगै जोड्दै भनेका छन् —
“वार्ता गर्न बोलाउँदैमा मात्रै होइन — राष्ट्र र नागरिक जोगाउने परिणामसहितको समाधान अब देशले चाहेको छ।”
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस