शिव श्री हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले सर्वसाधारण समूहको अवितरित ८ लाख ६५ हजार ८४५ कित्ता हकप्रद सेयर लिलाममा राखेको हो ।
कम्पनीले भदौ १९ गतेदेखि असोज २३ गतेसम्म हकप्रद सेयर निष्कासन गर्दा बाँकी बसेको उक्त सेयर सबैले किन्न पाउने गरी लिलामीमा राखेको हो । कम्पनीले सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ । यसमा आवेदन दिंदा कम्तीमा १०० कित्ता र बढीमा १० ले निःशेष भाग जाने वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ । यसमा कात्तिक २० गते बिहीबारदेखि कात्तिक २७ गते बिहीबार दिउँसो ३ बजेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।
यस्तो बोलपत्र डिल्लीबजारस्थित सिटिजन्स क्यापिटल लिमिटेड र सिटिजन्स बैंकको कुमारीपाटी, ठिमी, इटहरी, विराटनगर, बिर्तामोड, वीरगञ्ज, सुर्खेत जनकपुर (भानुचोक), नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा (न्यूरोड), बुटवल (पाल्पा रोड) र हेटौंडा शाखा कार्यालयमा पाइँनेछ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम सिटिजन्स क्यापिटल लिमिटेडले गरिरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस