Like us!
Follow us!
Connect us!
Watch us!

सेबोनका कर्मचारीहरुको आन्दोलन ३४ औं दिन पनि जारी

अर्थ संसार

आइतबार, ०९ कार्तिक २०८२, १२ : ३३ मा प्रकाशित

सेबोनका कर्मचारीहरुको आन्दोलन ३४ औं दिन पनि जारी

नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीले सुरु गरेको आन्दोलन ३४ औं दिनमा पनि जारी छ। उनीहरूले लामो समयदेखि पाउँदै आएका सेवा सुविधा अर्थ मन्त्रालयले कटौती गरेको भन्दै आन्दोलन सुरु गरेका हुन्।

आज पनि कर्मचारीहरूले कार्यालयमा धर्ना दिएका छन् र दिनभर काम ठप्प राखेका छन्। अर्थ मन्त्रालयले उनीहरूको माग सुनुवाई नगरेको भन्दै उनीहरूले आन्दोलन जारी राखेका छन्।

तिहारबिदापछीको पहिलो दिन आज पनि कर्मचारीहरुको आन्दोलन जारी रहेको  बोर्डका एक कर्मचारीले  बताएका छन् । उनले अब कसरी अगाडी बढ्ने  भन्नेबारे भने छलफल भइरहेको बताए  ।  

भदौ ३१ गतेको अर्थ मन्त्रालयको सचिवस्तरीय निर्णयले धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्याविधि २०७१ र कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०७५ तत्काल खारेज गर्ने निर्णय गरेको थियो । उल्लेखित कार्यविधि नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा, सर्तसम्बन्धी नियमावली २०६८ को नियम १६७ विपरीत जारी भएको भन्दै खारेज गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तै, प्रचलित कानुनविपरीत बनेका कार्यविधिका आधारमा विगतमा कोषबाट भुक्तानी भएको रकम सम्बन्धित व्यक्तिबाट सरकारी बाँकी सरह असुलउपर गर्ने प्रकिया तत्काल सुरु गर्ने निर्णय पनि अर्थ मन्त्रालयले गरेको छ । आगामी दिनमा आर्थिक दायित्व गर्ने विषयमा निर्णय गर्नुपूर्व अनिवार्य रूपमा अर्थ मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था कार्यान्वयन गर्नु भन्ने पनि अर्थ मन्त्रालयको निर्देशन छ ।

बोर्डमा काम रोकिएकोबारे अर्थ मन्त्रालय पनि जानकार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको