राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ । आयोगबाट कम्पनीले हाल कायम चुक्ता पुँजीको १ बराबर ०.६९८९ को अनुपातमा १ करोड २८ लाख ५२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न स्वीकृति पाएको हो ।
हकप्रदबाट उठेको रकममध्ये ५२.४८ प्रतिशत कसुवा खोला जलविद्युत आयोजनामा लगानी गर्ने र बाँकी १७.४१ प्रतिशत कम्पनीको बैंक ऋण तिर्न प्रयोग गरिने कम्पनीले जनाएको छ । विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएकाले अब कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर हकप्रद निष्कासनको प्रक्रिया अघि बढाउनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस