Like us!
Follow us!
Connect us!
Watch us!

जेनजी प्रदर्शनको क्षति - बिमा कम्पनीद्वारा २ अर्ब ७९ करोड रुपैयाँ दाबी भुक्तानी

अर्थ संसार

बुधबार, १२ कार्तिक २०८२, १५ : ०३ मा प्रकाशित

जेनजी प्रदर्शनको क्षति - बिमा कम्पनीद्वारा २ अर्ब ७९ करोड रुपैयाँ दाबी भुक्तानी

भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनबाट पुगेको क्षतिको पौने ३ अर्ब रुपैयाँ बराबरको बिमा भुक्तानी बिमा कम्पनीहरूले गरिसकेका छन्। नेपाल बिमा प्राधिकरणका तथ्यांकअनुसार, बिमा कम्पनीहरूले मूल्यांकन गरी २ अर्ब ७९ करोड ७४ लाख रुपैयाँ अग्रिम दाबी भुक्तानी गरेका छन्।

हालसम्म बिमा कम्पनीमा २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँ बराबर दाबी परेको छ। प्राधिकरणका अनुसार, उक्त अग्रिम भुक्तानी १५ बिमा कम्पनीले मात्र गरेका हुन्। सञ्चालनमा रहेका १८ निर्जीवन बिमा कम्पनीमा कुल ३,१८७ बिमितले दाबी भुक्तानी माग गरेका छन्। राष्ट्रिय बिमा कम्पनी, नेसनल इन्स्योरेन्स कम्पनी र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले कुनै अग्रिम भुक्तानी गरेका छैनन्। सबैभन्दा बढी अग्रिम भुक्तानी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गरेको छ, जसले १ अर्ब २८ करोड रुपैयाँ भुक्तानी दिएको प्राधिकरणले जनाएको छ।

कम्पनी अनुसार ५ अर्ब ४९ करोड रुपैयाँ बराबर दाबी परेको छ। त्यसैगरी द ओरिएन्टल इन्स्योरेन्समा ५ अर्ब २४ करोड रुपैयाँ बराबर दाबी भए पनि अग्रिम भुक्तानी भने १ करोड ६६ लाख मात्र गरिएको छ।

प्राधिकरणका अनुसार जेनजी आन्दोलनमा क्षति भएका सम्पत्तिमध्ये: सम्पत्ति बिमा ६७३, मोटर बिमा २,२७०, इन्जिनियरिङ/ठेकेदार बिमा १९२, परिवहन बिमा १२, र अन्य बिमा ४० गरी कुल ३,१८७ दाबी परेको हो।

दाबी रकम अनुसार सबैभन्दा बढी सम्पत्ति बिमामा परेको छ, जसमा १९ अर्ब १ करोड रुपैयाँ बराबर दाबी रहेको प्राधिकरणले जनाएको छ। आन्दोलनमा सबैभन्दा बढी माग दाबी बागमती प्रदेशबाट परेको छ। बागमतीबाट कुल १७ अर्ब ६१ करोड रुपैयाँ बराबर दाबी परेको प्राधिकरणले जनाएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको