Like us!
Follow us!
Connect us!
Watch us!

रिभर फल्स पावरको हकप्रद सेयर बाँडफाँड, १० लाख बढी कित्ता सेयर लिलाममा आउने

अर्थ संसार

आइतबार, १६ कार्तिक २०८२, ११ : १३ मा प्रकाशित

रिभर फल्स पावरको हकप्रद सेयर बाँडफाँड, १० लाख बढी कित्ता सेयर लिलाममा आउने

रिभर फल्स पावर लिमिटेडले हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत भदौ २३ गतेदेखि असोज २६ गतेसम्म निष्कासन गरेको शतप्रतिशत हकप्रद सेयर बाँडफाँड भएको हो । 

कम्पनीले गत साउन २२ गतेसम्म कायम सेयरधनीहरूका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७० लाख कित्ता हकप्रद सेयर निष्कासन गरी कात्तिक १४ गते बाँडफाँड गरेको हो । निष्कासन अवधिभर रितपूर्वक आवेदन दिएका ७६ हजार ५१७ जना सेयरधनीहरूलाई ५९ लाख ६१ हजार ७६ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

बाँडफाँडपछि कम्पनीको १० लाख ३८ हजार ९२४ कित्ता हकप्रद सेयर बाँकी बसेको छ । यसरी बाँकी बसेको अवितरित सेयर लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्री गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको