ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको साधारणसभा आज बस्दै छ । कम्पनीको तीन वटा साधारणसभा आज एकै दिन हुने भएको हो ।
कम्पनीको १३औं, १४औं र १५औं वार्षिक साधारणसभा आज नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि शुरू हुनेछ । उक्त सभाले १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै आव ०७८/७९, ०७९/८० र ०८०/८१ को वित्तीय विवरणहरू पारित गरी आव ०७९/८० र ०८०/८१ का लागि भएको लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गरी आव ०८१/८२ का लागि लेखापरीक्षक नियुक्तिसँगै निजको पारिश्रमिक निर्धारण गर्नेछ । त्यसैगरी सञ्चालक नियुक्ति अनुमोदन तथा सर्वसाधारण समूहबाट बाँकी अवधि प्रतिनिधित्व गर्ने सञ्चालक चयन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ ।
सभा प्रयोजनार्थ कम्पनीले कात्तिक १२ गते एक दिन बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा कात्तिक ११ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन् ।
 
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस