सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काठमाडौं उपत्यकाका १९ स्थानमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका छन्। काठमाडौं उपत्यकाको महत्वपूर्ण सार्वजनिक स्थालहरूमा निःशुल्क वाइफाइका पहुँच पुर्याउने निर्णयसहित गत असोज ६ गते पदबहाली गरेका सञ्चारमन्त्री खरेलले आज नयाँबसपार्क पुगी सेवा शुभारम्भ गरेका हुन् ।
सो अवसरमा उनले नयाँबसपार्कसहित काठमाडौं उपत्यकाको १९ स्थानमा निःशुल्क इन्टरनेट सेवा जडान गरिएको जानकारी दिए ।
अब नयाँबसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा निःशुल्क एवं प्रभावकारी रुपमा वाइफाइ सेवा सञ्चालन हुने भएको छ । निःशुल्क वाइफाइको निरन्तरता र दिगोपनाका लागि नेपाल टेलिकम, वल्र्डलिङ्क र भायनेट कम्पनीले निःशुल्क वाइफाइ इन्टरनेट सेवाका लागि सहकार्य गर्ने भएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस