Like us!
Follow us!
Connect us!
Watch us!

गृहमन्त्री ओमप्रकाश अर्याल एमालेको पो हो कि जस्तो लाग्छ - सुधन गुरुङ

अर्थ संसार

विहीबार, २७ कार्तिक २०८२, ११ : ३२ मा प्रकाशित

गृहमन्त्री ओमप्रकाश अर्याल एमालेको पो हो कि जस्तो लाग्छ - सुधन गुरुङ

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार आफैँले बनाएको दाबी गर्ने जेन्जी आन्दोलनपछि चर्चामा आएका 'हामी नेपाल'का संयोजक सुधन गुरुङ गृहमन्त्री ओमप्रकाश अर्यालमाथि फेरि आक्रामक बनेका छन् ।

नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा महानगर प्रहरीसँगै देखिएका गुरुङले गृहमन्त्री अर्याल एमालेजस्तो लाग्न थालेको टिप्पणी गरे । उनले जंगी अड्डादेखि शीतल निवाससम्म आफूहरुसँग संविधानविद्का रुपमा उपस्थित भएका अर्यालले अहिले आएर चुनावमात्र भन्दै ढाँट्ने काम गरेको आरोप लगाए ।

उनले भने, ‘उहाँको एजेण्डा भनेको चुनावमात्र रहेछ, हाम्रो एजेण्डा भनेको देशलाई न्याय हो र व्यवस्था परिवर्तन हो । यो व्यवस्थामा हामी चुनावमा जान्छौँ र ? देशलाई न्याय नभई हामीलाई न्याय नभई हामी चुनाव हुनै दिँदैनौँ । उहाँले त जेन्जीहरुलाई समातिराख्नु भएको, यतापट्टि पोलिटिकल पार्टीकालाई छोएको पनि छैन । मलाई त कहिलेकहिले उहाँ त एमालेको पो हो कि जस्तो लाग्छ, हाम्रो गृहमन्त्रीज्यू ।’

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको