Like us!
Follow us!
Connect us!
Watch us!

बक्यौता उठाउन खोज्दा हटाइयो, निर्णायक तहमा पुगेर उठाइयो - कुलमान घिसिङ

अर्थ संसार

विहीबार, २७ कार्तिक २०८२, १२ : ४० मा प्रकाशित

बक्यौता उठाउन खोज्दा हटाइयो, निर्णायक तहमा पुगेर उठाइयो -  कुलमान घिसिङ

ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युत् बक्यौता उठाउने काममा सफल भएको भन्दै सबैप्रति आभार व्यक्त गरेका छन्। उनले विगतमा बक्यौता उठाउने प्रयास गर्दा आफूलाई पदबाट हटाइए पनि अहिले त्यसै जिम्मेवारीमा रहेकाले सबैको सहयोग र प्रतिबद्धताका कारण बक्यौता उठाउन सफल भएको बताए।

बिहीबार घिसिङले सामाजिक सञ्जालमा लेखेका छन्,‘डेडिकेटेड तथा ट्रङ्क लाइन संरचनामार्फत विद्युत उपभोग गर्ने उद्योगहरूलाई तोकिएको प्रिमियम महसुलको बक्यौता रकममध्ये पहिलो किस्ता अधिकांश उद्योगहरूबाट भुक्तानी भएको छ । यससँगै राजनीतिक नेतृत्वदेखि आम सर्वसाधारणसम्मलाई तरङ्गित बनाएको बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको छ ।’

उनले बक्यौता तिर्ने उद्यमीहरुलाई पनि धन्यवाद दिएका छन् ।

उनले लेखेका छन् -:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको