लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। पहिलो त्रैमासमा कम्पनीले २१ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ जुन गत आवको पहिलो त्रैमासमा कमाएको १० लाख ५८ हजार रुपैयाँको तुलनामा १०४.७३ प्रतिशत बढी हो।
यो अवधिमा कम्पनीको जीवन बीमाकोषको आकार बढेको छ। गत आवको असोज मसान्तसम्म कम्पनीको जीवन बीमाकोष २ करोड ३९ लाख रुपैयाँ रहेकोमा चालू आवको असोज मसान्तसम्म १०१४ प्रतिशतले बढेर २६ करोड ७० लाख रुपैयाँ पुगेको छ।
गत आवमा कम्पनीको खुद ब्याज आम्दानी १ करोड ९५ लाख रुपैयाँ रहेकोमा चालू आवमा ३८६ प्रतिशतले बढेर ९ करोड ५१ लाख रुपैयाँ पुगेको छ। कुल आम्दानी ३ करोड ३३ लाख रुपैयाँबाट २१७.३४ प्रतिशतले बढेर १० करोड ५८ लाख रुपैयाँ पुग्दा कुल खर्च ३ करोड २३ लाख रुपैयाँबाट २२१ प्रतिशतले बढेर १० करोड ३७ लाख रुपैयाँ पुगेको छ।
चुक्ता पूँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको यस कम्पनीको महाविपत्ति कोषमा ९ लाख ३१ हजार रुपैयाँ र जगेडा कोषमा ६६ लाख ५८ हजार रुपैयाँ सञ्चिति रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस