Like us!
Follow us!
Connect us!
Watch us!

सोनापुर मिनरल्स नाफा धनात्मक, अन्य सूचक कस्ता ?

अर्थ संसार

आइतबार, ३० कार्तिक २०८२, ०८ : ४० मा प्रकाशित

सोनापुर मिनरल्स नाफा धनात्मक, अन्य सूचक कस्ता ?

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको नाफा धनात्मक बनेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा ऋणात्मक रहेको कम्पनीको नाफा चालु आर्थिक वर्षमा भने धनात्मक बनेको हो । 

गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ८ करोड ५५ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा भने कम्पनी ४ रकोड ६६ लाख रुपैयाँ नाफामा पुगेको हो । बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ९५.३० प्रतिशत र कुल नाफा ७८८.९१ प्रतिशत बढेको छ । त्यस्तै, समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ५८.१६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २ करोड ८२ लाख रुपैयाँ ऋणात्मकबाट १ करोड ३४ लाख रुपैयाँ धनात्मक भएको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि धनात्मक भएको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ६८ पैसा कायम भएको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १९१ रुपैयाँ ९१ पैसा रहेको छ भने मूल्य आम्दानी अुनपात ७१.३० गुणा रहेको छ। ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा २ अर्ब ८२ करोड रुपैयाँ सञ्चित छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको