कर राज्यको आर्थिक स्रोतको प्रमुख आधार हो, जसले विकास निर्माण, सेवा प्रवाह, र प्रशासन संयन्त्र सञ्चालन गर्न सहयोग गर्छ । त्यसैले हरेका वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाइन्छ । आज सरकारले कर दिवसको अवसर पारेर धेरै कर तिर्ने करदाताहरूलाई सम्मान गरेको छ ।
व्यक्तिगततर्फ राजबहादुर शाह सबैभन्दा ठूलो करदाता घोषित हुँदा वस्तु व्यापारमा भाटभटेनी सुपरमार्केट परेको छ । त्यस्तै डाबर नेपाल, आईएमई लिमिटेड, युनिलिभर, नोबेल मेडिकल कलेज तथा अस्पताललगायतका संस्था धेरै कर तिर्नेमा परेका छन् ।
आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी आय कर तिर्ने नेपाल दूरसञ्चार प्राधिकरणले सबै भन्दा धेरै कर तिरेको छ । बस्तु निर्याततर्फ सबैभन्दा धेरै कर तिर्ने डाबर नेपाल प्रालि रहेको छ । सूचना प्रविधि सम्बन्धी सेवा निर्याततर्फ भेरिक्स नेपाल प्रालि रहेको छ ।
त्यस्तै कृषि एवं पशुपन्छीतर्फ पोषक ब्रिडर फार्म उत्कृष्ट करदाताको सूचीमा परेको छ । बैंकतर्फ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तिरेको छ । स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन व्यवसायतर्फ सोल्टी होटल रहेका छन् । त्यस्तै सीडीएस एण्ड क्लियरिङ, उत्पादनमूलक उद्योगमा भोटेकोशी पावर कम्पनी, रेमिटेन्स तथा मनि ट्रान्सफरतर्फ आईएमई लिमिटेड पनि सम्मानित भएका छन् ।















अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस