Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचन तोकिएकै समयमा गर्न सबैको सहमति चाहिन्छ - प्रचण्ड

अर्थ संसार

सोमबार, ०१ मंसिर २०८२, १३ : ५४ मा प्रकाशित

निर्वाचन तोकिएकै समयमा गर्न सबैको सहमति चाहिन्छ - प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको वातावरण निर्माण गर्न सबै राजनीतिक दलहरूको सहमति आवश्यक रहेको बताएका छन्। उनले सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै, सबै दलहरूको सहमति भए मात्रै निर्वाचनको वातावरण सहज रूपमा बन्न सक्ने बताएका छन्।

‘सबै सहमत भएर सबैले जिम्मेवारीपूर्वक र गम्भीरताको साथ निर्वाचन प्रक्रियामा लाग्नुपर्छ’ उनले भने, ‘घोषित निर्वाचन समयमा नै हुनुपर्छ । समयमा नै होस् भन्नको निम्ति वातावरण बनाउन सबैको बीचमा सहमति चाहिन्छ ।’

उनले सरकारले घोषणा गरेको फागुन २१ गते नै निर्वाचन हुनुपर्नेमा जोड दिए । पार्टीको पूर्वपदाधिकारीहरूको बैठक मंगलबा टुङ्ग्याउने उनले जानकारी दिए । ‘जिम्मेवारी बाँडफाँड र एकताको सन्देश समानान्तर रूपले लैजाने भन्ने भएको छ । धेरै राम्रा सुझावहरू आएका छन् । हामी भोलि टुङ्ग्याउँछौं,’ उनले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको