Like us!
Follow us!
Connect us!
Watch us!

राजस्व वृद्धिका लागि करको दर नभइ दायरा बढाउन आवश्यक - परिसंघ अध्यक्ष पाण्डे

अर्थ संसार

सोमबार, ०१ मंसिर २०८२, १५ : ४३ मा प्रकाशित

राजस्व वृद्धिका लागि करको दर नभइ दायरा बढाउन आवश्यक - परिसंघ अध्यक्ष पाण्डे

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले राजस्व बढाउन करको दर होइन, करको दायरा विस्तार गर्न आवश्यक रहेको बताएका छन्। सोमबार कर दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले लगानी विस्तार र औद्योगिक वातावरणका लागि नीतिगत स्थायित्व अत्यन्त महत्वपूर्ण रहेको बताए।

उनका अनुसार, स्वदेशी मात्र होइन, विदेशी लगानीकर्ताले पनि कर सम्बन्धी नीति हेरेर मात्रै लगानी गर्ने भएकाले स्पष्ट र स्थिर नीतिहरू आवश्यक छन्। पाण्डेले मुलुक अहिले विषम परिस्थितिमा रहेको उल्लेख गर्दै, केही समयअघिसम्म अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा भए पनि हाल राजनीतिक तथा सामाजिक क्षेत्रमा पनि चुनौती थपिएको बताए।

उनले मुलुकको समग्र आर्थिक विकासका लागि सुशासन, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक क्षेत्रमा पारदर्शिता, नीतिगत स्पष्टता र स्थिरता आवश्यक रहेको बताए। पाण्डेका अनुसार, मुलुक चाँडै नयाँ चरणमा प्रवेश गर्नेछ र यस क्रममा निजी क्षेत्रले सुशासन, लगानी, व्यक्तिगत सुरक्षा र लगानी वातावरणमा व्यापक सुधारको अपेक्षा गरेको छ। साथै, राजस्वका कारण सरकार दबाबमा रहेको हुँदा राजस्व बढाउन करको दर नभई दायरा विस्तार गर्नुपर्ने आवश्यकतामा उनले जोड दिएका छन्।

नीतिगत सुधारमा अर्थमन्त्रालयले विशेष ध्यान दिनुपर्ने उनले बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको