Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल सिजन २ - सुदूरपश्चिमको लगातार तेस्रो जित, कर्णाली ४५ रनले पराजित

अर्थ संसार

सोमबार, ०८ मंसिर २०८२, १९ : २० मा प्रकाशित

एनपिएल सिजन २ - सुदूरपश्चिमको लगातार तेस्रो जित, कर्णाली ४५ रनले पराजित

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको अन्तिम खेलमा सुदूरपश्चिमले जित निकालेको छ । सिजनमा लगातार तेस्रो जित निकाल्ने क्रममा सुदूरले कर्णाली याक्सलाई ४५ रनले पराजित गरेको हो ।

सुदूरपश्चिमले दिएको १४० रनको लक्ष्य पछ्याएको कर्णालीले ९४ रनमा अलआउट भयो । कर्णालीका लागि पवन सराफले २७ रनको योगदान दिए । सोमपाल कामीले १४ रन बनाए भने गुल्सन झाले १३ रनको पारी खेले । त्यस्तै अर्जुन घर्तीले पनि १३ रनको पारी खेले ।  सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरिले ४ विकेट लिए । त्यस्तै हमित सिंह र अविनाश बोहोराले २–२ विकेट लिए । त्यस्तै हेमन्त धामी, र स्कट कुगेलेइजले १÷१ विकेट लिए । 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिले निर्धारीत २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । उसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३९ रन बनाए ।  त्यस्तै आरिफ शेखले २७ रनको योगदान दिए । त्यस्तै हरमित सिंहले १९ र क्रिस लिनले १८ रन थपे । कर्णालीका लागि सोमपाल कामीले तीन विकेट लिए । त्यस्तै, नन्दन यादवले दुई, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक–एक विकेट लिए।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको