Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकका ग्राहकका लागि आरोग्य वेल केयर क्लिनिकमा विशेष छुट, सेवा सहकार्य सम्झौता हस्ताक्षर

अर्थ संसार

शनिबार, १३ मंसिर २०८२, १७ : ४१ मा प्रकाशित

कुमारी बैंकका ग्राहकका लागि आरोग्य वेल केयर क्लिनिकमा विशेष छुट, सेवा सहकार्य सम्झौता हस्ताक्षर

कुमारी बैंक लिमिटेड र आरोग्य वेल केयर क्लिनिक प्राइभेट लिमिटेडबीच बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सहकार्य सम्झौता भएको छ। सम्झौताअनुसार अब कुमारी बैंकका ग्राहकले क्लिनिकले उपलब्ध गराउने विभिन्न स्वास्थ्य सेवामा आकर्षक छुट पाउनेछन्।

सम्झौताअनुसार इलेक्ट्रोकार्डियोग्राम (ईसीजी) सेवामा १०० प्रतिशत छुट प्रदान गरिनेछ। त्यसैगरी इकोकार्डियोग्राम, २४ घण्टे एम्बुलेटरी रक्तचाप अनुगमन (ABPM), २४ घण्टे होल्टर ईसीजी, एन्डोस्कोपी, कोलोनोस्कोपी र अल्ट्रासाउन्ड सोनोग्राफी सेवामा ५० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। साथै डाक्टर परामर्श शुल्कमा ३० प्रतिशत र प्रयोगशाला परीक्षणमा २५ प्रतिशतसम्म छुट मिळ्नेछ।

२४ वर्षदेखि बैंकिङ क्षेत्रमै निरन्तर सेवा प्रदान गर्दै आएको कुमारी बैंकले स्वास्थ्य सेवा पहुँच र सहकार्यलाई विशेष प्राथमिकतामा राख्दै आएको जनाएको छ। देशभर ३०२ शाखा, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइमार्फत सेवा विस्तार गरिरहेको बैंकले भविष्यमा अझ सहज, सुलभ र उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्यसहित यस्ता सहकार्य अघि बढाइने प्रतिबद्धता व्यक्त गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको