Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा ४ अंकले घट्यो नेप्से

अर्थ संसार

मंगलबार, १६ मंसिर २०८२, १० : ५८ मा प्रकाशित

प्रि ओपन सेसनमा ४ अंकले घट्यो नेप्से

साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंक भन्दा धेरैले घटेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.३३ अंकले घटेर २६४०.९० विन्दुमा पुगेको हो । 

आजको प्रि ओपन सेसनमा ३१ कम्पनीको सेयर मूल्य घटेको छ भने १५ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै तीन कम्पनीको सेयर मूल्य भने यो सेसनमा स्थिर रहेको छ ।  त्यस्तै आजको उक्त सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.७६ अंकले घटेर ४५४.५० विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ५२ कम्पनीका ७ हजार २८६ कित्ता सेयर ७४ पटक खरिद बिक्री हुँदा ४० लाख ३० हजार ७५५ रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको