Like us!
Follow us!
Connect us!
Watch us!

नागढुंगादेखि धुलिखेलसम्मको मेट्रोरेलका लागि खुला प्रतिस्पर्धा

विहीबार, १० फागुन २०७४, ०८ : २७ मा प्रकाशित

नागढुंगादेखि धुलिखेलसम्मको मेट्रोरेलका लागि खुला प्रतिस्पर्धा

अर्थ संसार, बाठमाडौं– लगानी बोर्डले काठमाडौंको नागढुंगादेखि काभ्रेको धुलिखेल जोड्ने मेट्रोरेल परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि विश्वव्यापी खुला प्रतिस्पर्धा गर्ने प्रक्रिया अघि बढाएको छ ।

लगानी बोर्डले काठमाडौंको नागढुंगादेखि काभ्रेको धुलिखेल जोड्ने मेट्रोरेल परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि विश्वव्यापी खुला प्रतिस्पर्धा गर्ने प्रक्रिया अघि बढाएको छ ।

बोर्डले विश्वव्यापी रूपमा खुला प्रतिस्पर्धामार्फत सम्भाव्यता अध्ययन अघि  बढाएर निर्माण गर्ने उद्देश्यसहित टेण्डर डकुमेन्ट तयार गरी प्रक्रिया अघि बढाएको हो । राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने तत्कालीन सदस्य संयोजक रहेको समितिले मेट्रोरेलबारे प्रतिवेदन तयार गरेकोमा कात्तिक अन्तिम साता बसेको बोर्ड बैठकले अघि बढाउने निर्णय गरेको थियो ।

स्वीकृत प्रतिवेदनअनुसार परियोजना अघि बढाउनका लागि लगानी बोर्डले प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीको संयोजकत्वमा अर्थ मन्त्रालयका सहसचिव हरिप्रसाद वस्याल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशव शर्मा, रेल विभागका महानिर्देशक अनन्त आचार्य, लगानी बोर्डका सहसचिवद्वय मधु भेटुवाल र उत्तम वाग्लेका साथै बोर्डकै सिनियर डिभिजनल इन्जिनियर सुनिल पौडेल सदस्य–सचिव रहेको समिति समेत गठन गरिएको छ ।

बोर्डले तयार गरेको डकुमेन्ट पुनरावलोकनका लागि अर्थ र यातायात मन्त्रालयका साथै रेल विभागमा पठाइएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए । “विस्तृत सम्भाव्यता अध्ययनका लागि विश्वव्यापी प्रतिस्पर्धाका लागि डकुमेन्ट तयार गरेर सरोकारवाला निकायहरूलाई पुनरावलोकनका लागि पठाएका छौं, उनीहरूको सुझाव आएपछि टेण्डर प्रक्रिया अघि बढ्छ,” उनले भने । 

बोर्डले एक महिनाभित्र खुला प्रतिस्पर्धा गरिसक्ने योजनाा आएको छ । १५ महिनाभित्र सम्भाव्यता अध्ययन सकेर निर्माण प्रक्रियामा लैजाने योजना रहेको ३७ किलोमिटर लामो नागढुंगादेखि धुलिखेलसम्मको मेट्रोरेल चार वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको बोर्डका यातायात क्षेत्रका परामर्शदाता आशिष गजुरेलले जानकारी दिए ।

२०७३ पुसमा बसेको लगानी बोर्डको २५ औं बैठकले योजना आयोगका पूर्वाधार हेर्ने तत्कालीन सदस्य हितेन्द्रमान प्रधानको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले विद्यमान सार्वजनिक निजी साझेदारी (पीपीपी) नीति समेतलाई आधार मानेर अघि बढाउन सुझाव दिएको थियो ।

जापान सहयोग नियोग ९जाइका०ले सन् २०१६ मा तयार पारेको गुरुयोजना, रेल विभाग र कोरियन इन्जिनियरिङ कम्पनीले गरेको अध्ययन, लगानी बोर्डले नै बेलायती सहयोग नियोग ९डिफिड० लगायतका निकायले तयार पारेको प्रतिवेदनमा आधारित भएर समितिले अन्तिम प्रतिवेदन तयार पारेको छ । 

प्रस्तावअनुसार नौबिसे, नागढुंगादेखि कलंकी– माइतीघर–कोटेश्वर हुँदै धुलिखेलसम्म पुग्नेछ । निर्माण सम्पन्न भएपछि दैनिक २ लाख यात्रुलाई सेवा दिन सकिने मेट्रोरेलको लागत प्रतिकिलोमिटर ५ देखि ६ अर्ब अनुमान गरिएको छ ।

मेट्रो रेल बनाउन सकेमा यात्रुहरूलाई सहज हुनुका साथै वातावरणमैत्री मेट्रो रेलले यातायात व्यवस्थापनलाई सुरक्षित र भरपर्दो बनाउने अपेक्षा गरेको छ । सडकमाथिको पुल (एलिभेटेड ट्रयाक) मा निर्माण हुने मेट्रोरेल बनेपछि अन्य सवारीसाधन उपत्यका छिर्न नदिने लक्ष्य राखिएको छ ।

धुलिखेल क्षेत्रमा ठूला बसपार्क बनाएर अरनिको तथा वीपी राजमार्गमार्फत आउने सबै बस यसै क्षेत्र तथा महेन्द्रलगायत अन्य राजमार्गमार्फत् आउने बसहरूको लागि नौबिसे क्षेत्रमा ठूलो बसपार्क बनाएर त्यही रोकि ट्रेनमार्फत काठमाडौं भित्र्याउने लक्ष्य राखिएको छ । कारोबारबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको