गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २३ गते भएको जेन-जी आन्दोलनमा दमन गर्नेलाई अन्तर्राष्ट्रिय स्तरमा घेराबन्दी गरिने बताएका छन्। मंसिर २३ गते,जेनजी विद्रोहको तीन महिनापछि जेन–जी शहीदहरूको सम्झनामा काठमाडौंमा आयोजित दीप प्रज्वलन कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
सत्तासीन दलहरूको कुशासन र बढ्दो असन्तुष्टिका कारण जेनजी विद्रोह भएको उल्लेख गर्दै जेनजी शहीदहरूको माग पूरा गर्न आफू दृढतासाथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
जेनजी विद्रोहमा अत्यधिक र घातक बल प्रयोग गरी दमन गरिएको विषयमा जाँचबुझ आयोग, प्रहरी र मानव अधिकार आयोगले अनुसन्धान गरिरहेको जानकारी दिए। उनले अनुसन्धान पूरा भएपछि दोषीको पदको विचार नगरी कारबाहीको दायरामा ल्याइने बताए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस