Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से

अर्थ संसार

मंगलबार, ०१ पुस २०८२, १० : ५७ मा प्रकाशित

प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से

साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.१९ अंकले बढेर २६०१.८१ विन्दुमा पुगेका हो । 

आजको प्रि ओपन सेसनमा २६ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आजको उक्त सेसनमा ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ०.११ अंकले घटेर ४४७.४१ विन्दुमा पुगेको छ । 

आजको प्रि ओपन सेसनमा ४२ कम्पनीका २ हजार ८२५ कित्ता सेयर ६९ पटक खरिद बिक्री हुँदा १७ लाख ५४ हजार ७१२ रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको