Like us!
Follow us!
Connect us!
Watch us!

तारागाउँ रिजेन्सी होटल्सको साधारण पुस २३ गते, बुक क्लोज कहिले ?

अर्थ संसार

मंगलबार, ०१ पुस २०८२, ११ : ०२ मा प्रकाशित

तारागाउँ रिजेन्सी होटल्सको साधारण पुस २३ गते, बुक क्लोज कहिले ?

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले आफ्नो २९ औँ साधारणसभा पुस २३ गतेका लागि बोलाएको हो । 

उक्त साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्नेछ । सभा पुस २३ गते, बुधबार, नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले नगद लाभांश (करबाहेक) वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ७ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको