नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत चारवटा कम्पनीहरूको साधारणसभा आज बस्दैछ । आज नेपाल इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, सुपर मादी हाइड्रोपावर, आशा लघुवित्त र काबेली हाइड्रोपावरको साधारण सभा बस्दैछ ।
नेपाल इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत बोनस सेयर र २.१०५ प्रतिशत नगद (कर समेत) लाभांश र १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासनको प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित गर्नका लागि आज काठमाडौंको थिरबमस्थित आम्रपाली ब्याङ्क्वेटमा र गूगल मीट मार्फत बिहान ९ बजेदेखि १३ औँ वार्षिक साधारणसभा बस्दैछ ।
त्यस्तै आज सुपर मादी हाइड्रोपावर लिमिटेडको पनि साधारणसभा बस्दैछ । कम्पनीले उक्त सभामार्फत हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद (कर समेत) लाभांश र २ः१ को अनुपातमा हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्ने एजेण्डा तय गरेको छ । कम्पनीको १६ औँ वार्षिक साधारणसभा आज काठमाडौंको बत्तिसपुतलीस्थित होटल इम्पेरियलमा बिहान ११ बजेदेखि सुरु हुने छ । यस कम्पनीले मंसिर १७ गतेदेखि बुक क्लोज गरिसकेको छ ।
आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद (कर समेत) लाभांश गरी कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित होटल अरनिको प्रा.लि मा दिउँसो २ बजेदेखि ९ औँ वार्षिक साधारणसभा बस्दैछ । यस कम्पनीले मंसिर २२ गते बुक क्लोज गरिसकेको छ।
काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले सेयरधनीलाई लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन । आज काठमाडौंको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा अपरान्ह ३ बजेदेखि चौथो वार्षिक साधारणसभा बस्दैछ । यस कम्पनीले मंसिर २४ गतेदेखि बुक क्लोज गरिसकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस