Like us!
Follow us!
Connect us!
Watch us!

तनहुँ हाइड्रोपावरको साधारणसभा आह्वान, के के जन एजेण्डा ?

अर्थ संसार

शुक्रबार, ०४ पुस २०८२, ०८ : ०४ मा प्रकाशित

तनहुँ हाइड्रोपावरको साधारणसभा आह्वान, के के जन एजेण्डा ?

तनहुँ हाइड्रोपावर लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनको पुसर ३ गते बसेको सञ्चालक समितिको बैठकले यहि पुस २७ गतेका लागि १३ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । 

उक्त सभा पुस २७ गते नेपाल विद्युत प्राधिकरणको कार्यालय दरबारमार्ग काठमाडौंमा अपरान्ह ४ बजेदेखि सुरु हुने छ । उक्त सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आव २०८१/८२ को बार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित सोही आर्थिक वर्षको वित्तीय विवरणहरु वासलात, नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरि पारित गर्ने, चालु आवको लेखापरीक्षक नियुक्ति सम्बन्धमा र कम्पनीको जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने सम्बन्धी प्रस्ताब पारित गर्ने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको