नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बारे छानबीन गर्नका लागि समिति गठन गरेको छ । अर्थमन्त्रालयले रिलायन्स स्पिनिङ मिल्सको सेयर बुक बिल्डिङ प्रक्रियामार्फत निस्काशनसँग सम्बन्धित काम–कारबाहीबारे निष्पक्ष छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएपछि बोर्डले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।
बोर्डको मंसिर ४ गतेको निर्णयअनुसार बोर्ड सदस्य बिनोद कुमार भट्टराईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । समितिमा बोर्ड सदस्यहरू आनन्दराज शर्मा वाग्ले र पिताम्बर भण्डारी सदस्य रहेका छन् । समितिलाई आवश्यक परेमा अन्य व्यक्तिलाई समेत आमन्त्रण गरी छानबिन प्रक्रिया अघि बढाउन सक्ने अधिकार दिइएको छ । समितिले बुक बिल्डिङ प्रक्रियाबाट सेयर निस्काशन गर्दा अपनाइएका प्रक्रिया, कानुनी व्यवस्था तथा सम्भावित त्रुटिहरूको अध्ययन गरी तोकिएको समयसीमाभित्र प्रतिवेदन पेश गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस