Like us!
Follow us!
Connect us!
Watch us!

सलिको इन्स्योरेन्सको साधारण सभा आव्हान, लाभांश प्रस्ताव पारित गर्ने

अर्थ संसार

सोमबार, ०७ पुस २०८२, १० : ३८ मा प्रकाशित

सलिको इन्स्योरेन्सको साधारण सभा आव्हान, लाभांश प्रस्ताव पारित गर्ने

सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारणसभाको मिछि घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको नगद लाभांश पारित गर्न साधारण सभा बोलाएको हो ।

इन्स्योरेन्सले पुस २९ गते, मंगलबार, अमृतभोग, कालिकास्थान, काठमाडौँमा २९ औँ वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई भुक्तानी गरिएको रकम अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले पुस २० गते बुकक्लोज गर्दैछ । यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको