Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

अर्थ संसार

सोमबार, ०७ पुस २०८२, १० : ५७ मा प्रकाशित

प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब स्थिर रहेको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार १९.९२ अंक घटेर २५९५.१० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.०१ अंक घटेर २५९५.०८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७३ अंक बढेको छ ।

सोमबार प्रि ओपन सेसनमा ५१ स्टकको ७६ पटकको कारोबारमा १६ लाख ५७ हजार ९२६ रुपैयाँ ५० पैसाबराबरको २ हजार ७३६ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये १७ स्टकको मूल्य बढेको छ भने २९ स्टकको मूल्य घटेको छ । बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको