प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन असफल भएको आरोप लगाउँदै अल जेनजी मुभमेन्टले सर्वपक्षीय राष्ट्रिय सरकार गठनको माग गरेको छ। सोमबार राजधानीस्थित संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमार्फत अल जेनजी मुभमेन्ट नेपालले आफूहरूले गरेको शान्तिपूर्ण प्रदर्शनमाथि गरिएको धरपकड गैरन्यायिक भएको दाबी गरेको हो।
अल जेनजी मुभमेन्टका मेग खत्रीले आइतबार गरिएको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरी प्रशासनले अनावश्यक धरपकड गरेको भन्दै त्यसप्रति कडा आपत्ति जनाए। खत्रीले वर्तमान सरकारले पुरानै सरकारको जस्तै भ्रष्टाचार र बेथितिलाई निरन्तरता दिएपछि प्रदर्शन गरेको बताउँदै भने,'हामीले हिजो सिंहदरबारको दक्षिण गेटमा गरेको शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गर्नु गैरन्यीक भएन र ?'
यस्तै हरिकृष्ण गजुरेलले वर्तमान सरकार पनि पुरानै शैलीमा गएको भन्दै आफूहरुले अल जेन मुमेन्टमार्फत देशलाई नयाँ निकास दिने दाबी गरे । गजुरेलले जेनजीहरुले गरेको ऐतिहासिक आन्दोलनको बलबाट बनेको सरकारले पुरानै सरकारले जस्तै भ्रष्टहरुलाई नै संरक्षरण गरेको आरोप लगाउँदै भने,'सुशीला कार्की नेतृत्वको सरकारलाई हटाएर सर्वपक्षीय राष्ट्रिय सरकार बनाउनुको विकल्प छैन ।' माधव ठकुरीले जेनजीकै समर्थनमा बनेको सरकार उनीहरूले अघि सारेका मागहरूकै विपरीत दिशामा गएको भन्दै यसले देशमा थप द्वन्द्व चर्किन सक्नेप्रति गम्भीर चिन्ता व्यक्त गरे। सरकार र जेनजी मिलेर देश बनाउनुको सट्टा उनिहरुबीच नै तिक्तता हुनु दुर्भाग्य भएको बताउँदै भने,'सुशीला सरकार भर्षेश मिराज जेनजी हुनु देश संकटतिर जानु जस्तै हो ।'
डा.शम्भू पोखरेलले शान्तिपूर्ण प्रदर्शनमा सरकारले धरपकड गरेकोमा गैर कानुनी भएकोले सरकारले माफी माग्नुपर्ने माग गरे । जनक थापाले सरकारले संविधान प्रदत्त अधिकार कुण्ठित गर्दै जाँदा जेनजीको भन्दा ठूलो विद्रोह गर्ने चेतावनी दिए ।
अशोक रानामगरले राष्ट्रिय मुक्तिको लागि अल जेन मुमेन्टले नेतृत्व लिएर राजीतिक निकास दिने दाबी गरे ।आइतबार अल जेन मुमेन्टले सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा हरिकृष्ण गजुरेल, माधव ठकुरी, अशोक रानामगर, जनक थापलाई प्रहरीले गिरफ्तार गरेर सिंहदरबार प्रहरि वृत्त अनामनगरमा अनामनगरमा लगेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस