Like us!
Follow us!
Connect us!
Watch us!

एचआईडिसिएलको सेयरमूल्य समायोजन, नयाँ मूल्य कति ?

अर्थ संसार

मंगलबार, ०८ पुस २०८२, ०८ : १८ मा प्रकाशित

एचआईडिसिएलको सेयरमूल्य समायोजन, नयाँ मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टेमन्ट एण्ड डेभलपमेन्टको सेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

यस दिन नेप्सेले कम्पनीको १.५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपश्चात बैंकको सेयरमूल्य २५५ रुपैयाँ १७ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको सेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात सोमबार, दोस्रो बजारमा कम्पनीको सेयर प्रतिकित्ता २५९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ । एचआईडिसिएलले पुस २१ गते, सोमबार, कार्की ब्याङ्कवेट, बबरमहल, काठमाडौँमा चौधौँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान १० बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको १.५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित २ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको